New EMIS 2080 & Result From EMIS

विद्यालय तहमा प्रयोग हुने EMIS परिचय, विद्यार्थी विवरण मिलाउने तरिका र नतिजा इन्ट्रि तथा प्रकाशन

- प्रकाशमणि घिमिरे

शिक्षक, श्री सार्वजनिक मा.वि., छत्रगञ्ज, अर्घाखाँची

 EMIS 2080 परिचय

- Web based. (पूरानो IEMIS Excel Based थियो)

- Download गरेर काम गर्न नमिल्ने । (पुरानोमा फाइल डाउनलोड गरेर काम गरिन्थ्यो)

- सबै काम अनलाईन हुने ।


सुरु कसरी गर्ने ?

१. गुगल वा अन्य कुनै Web Browser मा गइ सर्च बारमा www.emis.cehrd.gov.np टाइप गर्ने

यस्तो पेज खुल्छ :


Username मा विद्यालयको ९ अंकको इमिस कोड राख्ने (पुरानै कोड)
Password: Nepal@123 राखी Login गर्ने ।


पहिलो पटक काम गर्दा Password बदल्नु पर्छ । यस्तो पेज खुल्छ ।

Old password को ठाउँमा Nepal@123 राख्ने
New Password आफुले सम्झने गरी सेट गर्ने, कम्तिमा ७ Character हुनुपर्छ ।
Confirm New Password मा सोही नयाँ पासवर्ड राख्ने
र Update मा क्लिक गर्ने ।
(नयाँ पासवर्ड सम्झनु पर्छ । अर्को पटक लगइन गर्दा यही प्रयोग हुन्छ । कारणवश बिर्सियो भने Reset को लागि शिक्षा शाखामा सम्पर्क गर्नुपर्छ ।)

अब यहाँ पुगिन्छ ।


विद्यार्थी विवरण हेर्ने र सच्याउने:

बायाँ साइडमा भएको Student Record मा क्लिक गरौँ ।


Student Information मा क्लिक गर्दा :


School आफै आउँछ । Year र Class भरेर Load मा क्लिक गरेपछि कक्षाका विद्यार्थी देखिन्छ ।

लिस्टमा भएका विद्यार्थीका नाम, जन्ममिति आदि Edit गर्न वा विद्यार्थी हटाउन वा अन्य कार्यको लागि जुन विद्यार्थी हो त्यो लिस्टको दायाँ छेउमा भएको Action मा क्लिक गरौँ ।

View Details मा क्लिक गरी विवरण हेर्न सकिन्छ ।
Edit बाट विवरणहरु सच्याउन सकिन्छ ।
विद्यालयमा सो विद्यार्थी नभएको भएमा Not In School मा क्लिक गरेपछि हट्छ ।

विद्यालयमा विद्यार्थी छ तर लिस्टमा देखिएन भने सोही पेजको माथि रहेको Add Student मा क्लिक गर्ने

यसपछि देखिएको फर्म भरी फर्मको अन्तिममा रहेको Add मा क्लिक गर्नुपर्छ । र विद्यार्थी Add हुन्छ ।


नतिजा ईन्ट्रि र प्रकाशन:
नतिजाको लागि बायाँ साइडमा रहेको Manage Exam मा क्लिक गर्ने ।

नम्बर चढाउन Mark Entry (1-12) मा क्लिक गर्ने । क्लिक गरेपछि यस्तो पेज आउँछ ।


Year र Class छानेर Load गर्ने । विद्यार्थीको लिस्ट देखिन्छ । (विवरण नमिलेमा माथिको प्रकृयाबाट Edit, Not in School अथवा Add गर्नुपर्छ)

अब सबै विषयको एकै पटक गर्ने भएमा All मा क्लिक गर्ने । 
एउटा एउटा विषय गर्ने हो भने जुन विषयको मार्क राख्ने हो सोही विषयमा क्लिक गर्ने र अंक भरी अन्तिममा रहेको Save मा क्लिक गर्ने ।

कक्षा १-३ का सबै विषयको अंक चढाउँदा निरन्तर मूल्याङ्कनका आधारमा गर्नुपर्छ ।
हरेक विषयको No. Of Learning Achievement को ठाउँमा सो विषयका सबै थिमका जम्मा सिकाइ उपलब्धि संख्या राख्नु पर्छ । एक जनाको मा राखेपछि अरुमा आफै आउछ ।
Full Marks सिकाइ उपलब्धि संख्याको आधारमा आफै आउछ । हरेक विषयको फरक फरक आउछ ।
Obtained Learning Achievement मा सिकाइ उपलब्धि मूल्याङ्कन फाराममा विद्यार्थीले पाएको सबै थिमहरुको  अंक जोडेर राख्नुपर्छ । 

कक्षा ४-७ को नतिजा भर्नको लागि माथिको जस्तै Manage Exam, Mark Entry Class 1-12 गर्दै Year र Class छानेर Load गर्ने ।
अब सबै विषयको एकै पटक गर्ने भएमा All मा क्लिक गर्ने ।
एउटा एउटा विषय गर्ने हो भने जुन विषयको मार्क राख्ने हो सोही विषयमा क्लिक गर्ने र अंक भरी अन्तिममा रहेको Save मा क्लिक गर्ने । फाराम यस्तो देखिन्छ ।
कक्षा ४-७ मा अंक भर्दा Participation: 4, Practical Project: 36, Terminal Exam, 5+5=10 र अन्तिम परीक्षाको अंक 50 मा भर्ने । अन्तिममा रहेको Save मा क्लिक गरेपछि सेभ हुन्छ ।

नतिजा हेर्न अथवा प्रिन्ट गर्न 
बायाँ साइडमा रहेको Manage Exam मा जाने


अंकमा लेजर को लागि Mark Wise Ledger, ग्रेड लेजरको लागि Grade Wise Ledger र छुट्टाछुट्टै ग्रेड सिटको लागि Grade Sheet मा क्लिक गरी Year र Class भरी Load मा क्लिक गरी हेर्न वा प्रिन्ट गर्न सकिन्छ ।

विद्यालयसँग सम्बन्धित अन्य विविध विवरणहरु भर्नको लागि बायाँ साइडमा रहेका बटनहरु प्रयोग हुन्छन् ।









Comments

Popular posts from this blog

एकीकृत पाठ्यक्रम कक्षा १-३, २०७६

Action Research : Use of group discussion for speaking skill