एकीकृत पाठ्यक्रम कक्षा १-३, २०७६
आधारभूत तह (कक्षा १-३) पाठ्यक्रम: २०७६ तथा एकीकृत पाठ्यक्रम
- प्रकाशमणि घिमिरे
शिक्षक,
श्री सार्वजनिक माध्यमिक विद्यालय, छत्रदेव-५, अर्घाखाँची ।
आधारभूत तह कक्षा १-३ पाठ्यक्रम: २०७६
- राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले विद्यालय तहको पाठ्यक्रम परिमार्जनको आवश्यकता देखाएको सन्दर्भमा उक्त प्रारूपले प्रस्तुत गरेको पाठ्यक्रमको संरचना तथा आधारभूत सिद्धान्तमा आधारित भई पाठ्यक्रम विकास गरिएको ।
- यो पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को मिति २०७५-१२-२२ को निर्णयअनुसार परीक्षणका लागि स्वीकृत भई शैक्षिक सत्र २०७६ मा कक्षा १ मा परीक्षण गरिएको थियो ।
- यो पाठ्यक्रम शैक्षिक वर्ष २०७७ बाट नेपालका सम्बन्धित सबै विद्यालयहरूमा कार्यान्वयन गर्ने गरी राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले मिति २०७६ माघ २ मा स्वीकृत गरेको हो ।
एकीकृत:
आधारभूत तहअन्तर्गत कक्षा १-३ को पाठ्यक्रमलाई एकीकृत स्वरूपमा व्यवस्थित गर्ने सन्दर्भमा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले पनि दिशानिर्देश गरेको र एकीकृत शिक्षण सिकाइले सिकाइलाई बढी सान्दर्भिक बनाउन सहयोग पुर्यायउने भएकाले यस पाठ्यक्रमलाई एकीकृत ढाँचामा विकास गरिएको छ ।
- सामाजिक अध्ययन, विज्ञान तथा वातावरण, स्वास्थ्य तथा शारीरिक शिक्षा र सिर्जनात्मक कला विषयलाई अन्तरविषयक (Interdisciplinary) ढाँचाको पाठ्क्रमका रूपमा हाम्रो सेरोफेरो विषयक्षेत्रमा समावेश गरिएको छ । - पाठ्यक्रमको समग्र संरचनामा हाम्रो सेरोफेरो, गणित, नेपाली भाषा, अङ्ग्रेजी भाषा विषयक्षेत्रलाई समावेश गरी बहुविषयक (Multidisciplinary) ढाँचाको एकीकृत पाठ्यक्रम तयार गरिएको छ ।
- त्यसै गरी कक्षा १–३ का विद्यार्थीका लागि आवश्यक हुने व्यवहारकुशल सिपहरू (Soft Skills) लाई आवश्यकतानुसार सबै विषयक्षेत्र र कक्षामा एकीकृत गरिएको छ ।
एकीकृत कसरी ?
- बहुविषयक र अन्तरविषयक ढाँचाको पाठ्यक्रममा साझा विषयक्षेत्र (Theme) निर्धारण गरि सबै विषयहरुलाई सोही विषयक्षेत्रमा आधारित गरिएको ।
- उदाहरणको लागि: मेरो दैनिक जीवन विषयक्षेत्र भित्र वा सो विषयक्षेत्रमा नेपाली, गणित, सामाजिक, विज्ञान, स्वास्थ्य, सिर्जनात्मक कला लगायतका विषयहरुका क्रियाकलापहरु संलग्न गरिएको ।
- अथवा विषयक्षेत्रबाट नेपाली, गणित, सामाजिक, विज्ञान, स्वास्थ्य, सिर्जनात्मक कला लगायतका विषयहरुका क्रियाकलापहरु गराइएको ।
- कक्षा १-३ का सबै विषयमा जम्मा १९ वटा विषयक्षेत्र (Themes) र ५ वटा क्षेत्रका जम्मा २९ वटा व्यवहारकुशल सिपहरु (Soft Skills) लाई Mix-up गरिएको ।
आधारभूत शिक्षा (कक्षा १-३) का सक्षमताहरु:
१. आधारभूत भाषिक तथा सञ्चार सिपको विकास र प्रयोग
२. आधारभूत गणितीय अवधारणा र सिपको विकास र प्रयोग
३. अनुशासन, सदाचार र स्वावलम्बन जस्ता सामाजिक एवम् चारित्रिक गुणको विकास
४. विज्ञान, वातावरण, सूचना प्रविधिसम्बन्धी आधारभूत ज्ञानको विकास
५. शारीरिक तन्दुरुस्ती, स्वस्थकर बानी र जीवनोपयोगी सिप (Life Skills) को विकास
६. कला तथा सौन्दर्यप्रति अभिरुचि र सिर्जनात्मकताको विकास
७. आफ्नो परिवेशसँग परिचित भई विभिन्न जातजाति, धर्म, भाषा, संस्कृति, क्षेत्रप्रति सम्मान र समभावको विकास
आधारभूत शिक्षा (कक्षा १–३) को पाठ्यक्रम संरचना:
क्र.सं. विषयसम्बन्धी क्रियाकलाप पाठ्यघण्टा वार्षिक कार्यघण्टा
१. भाषिक सिप विकाससम्बन्धी क्रियाकलाप (नेपाली) ५ १६०
२. भाषिक सिप विकाससम्बन्धी क्रियाकलाप (अंग्रजी) ४ १२८
३. गणितीय सिप विकाससम्बन्धी क्रियाकलाप (गणित) ४ १२८
४. विज्ञान, स्वास्थ्य र शारीरिक शिक्षा, सामाजिक अध्ययन, चारित्रिक विकास तथा सिर्जनात्मक कलासम्बन्धी क्रियाकलाप (सेरोफेरो) ८ २५६
५. मातृभाषिक सिप/स्थानीय विषयवस्तुसम्बन्धी क्रियाकलाप ५ १६०
पाठ्यघण्टा (Credit Hour)
- सामान्यतया हाम्रा विद्यालयहरुमा एक वर्षमा ३२ हप्ता पठनपाठन सम्बन्धि क्रियाकलापहरु सञ्चालन हुन्छन् ।
- पठनपाठन सञ्चालनका लागि उपयोग भएको ३२ घण्टाको समयावधिलाई १ पाठ्यघण्टा (Credit Hour) मानिएको छ ।
- पाठ्यघण्टा ५ भन्नाले एक हप्तामा उक्त विषयको लागि ५ घण्टा (घन्टी वा पिरियड होइन) समय दिनु हो ।
विषयक्षेत्रहरु (Themes)
१. वर्ण (Alphabet)
२. म र मेरो परिवार (Me and My Family)
३. मेरो दैनिक जीवन (My Daily Life)
४. हाम्रो समुदाय (Our Community)
५. मेरो विद्यालय (My School)
६. हाम्रा वरपरका सजीवहरु (Living Things Around Us)
७. हाम्रो वातावरण (Our Environment)
८. मेरो सरसमान (My Belongings)
९. मेरो सिर्जना (My Creation)
१०. हाम्रो संस्कृति (Our Culture)
११. सञ्चार प्रविधि र बजार (Communication Technology and Market)
१२. हाम्रो वरपरको संसार (Our Immediate World)
१३. सङ्ख्याको ज्ञान (Number Sense)
१४. गणितका आधारभूत क्रिया (Basic Mathematics Operations)
१५. नाप, क्षेत्रफल (Measurement, Area)
१६. फलफूल र तरकारी (Fruits and Vegetables)
१७. बानी र रुचि (Hobbies and Interests)
१८. चरा र जनावर (Birds and Animals)
१९. हाम्रा क्रियाकलाप (Our Activities)
व्यवहारकुशल सिपहरु (Soft Skills)
- कुनै मुल सीप सिक्नु अघि सिक्नुपर्ने सीप व्यवहार कुशल सीप हो ।
- यस्ता सिपहरू विशेषतः विद्यार्थीका दैनिक जीवनका वास्तविक समस्या समाधानमा सहायक हुन्छन् ।
- त्यसैले व्यवहारकुशल सिपहरू कुनै निश्चित कार्य, पेसा, विषयक्षेत्र वा ज्ञानको क्षेत्रसँग मात्र सम्बन्धित नभई विभिन्न कार्य, पेसा, विषयक्षेत्र वा ज्ञानको क्षेत्रमा कार्यसम्पादनसँग सम्बन्धित हुन्छन् ।
व्यवहारकुशल सिपहरु (Soft Skills)
- सोचाइ सिपहरु (Thinking Skills) (S1)
- वैयक्तििक सिपहरु (Intrapersonal Skills) (S2)
- अन्तरवैयक्तितक सिपहरु (Interpersonal Skills) (S3)
- सूचना प्रविधि तथा बहुसाक्षरता सिपहरु (Information Technology and Multi-literacy Skills) (S4)
- नागरिक सिपहरु (Citizenship Skills) (S5)
१. सोचाइ सिपहरु (Thinking Skills) (S1)
• प्रयोग सिप (Application skill) (S1.1)
• सिकाइ सिप (Learning skill) (S1.2)
• रचनात्मक सोचाइ सिप (Creative thinking skill) (S1.3)
• समालोचनात्मक सोचाइ सिप (Critical thinking skill) (S1.4)
• निर्णय तथा समस्या समाधान सिप (Descision making and probem solving skill) (S1.5)
२. वैयक्तिकक सिपहरु (Intrapersonal Skills) (S2)
• स्वव्यवस्थापन (Self management) (S2.1)
• आत्मबल/स्वाभिमानको विकास (Develop self-esteem/respect) (S2.2)
• इमानदारी/स्वअनुशासन (Integrity/honesty/self- descipline)(S2.3)
• समय व्यवस्थापन (Time management) (S2.4)
• व्यक्तिगत लक्ष निर्धारण र कार्यमा अग्रसरता (Personal goal setting and taking initiatives) (S2.5)
• स्वतन्त्र सिकाइ, लचकता र अनुकूलनता (Independent lerning, flexibility and adaptability) (S2.6)
• जिम्मेवारी एवम् प्रतिबद्धता (Responsibility and commitment) (S2.7)
३. अन्तरवैयक्तिपक सिपहरु (Interpersonal Skills) (S3)
• सञ्चार (Communication) (S3.1)
• सहकार्य (Collaboration) (S3.2)
• सहयोग तथा सहानुभूति (Cooperation and empathy) (S3.3)
• सक्रियतापूर्वक सुन्ने (Active listening) (S3.4)
• सांस्कृतिक सिपहरु/नैतिकता (Cultural skills/ethics) (S3.5)
४. सूचना प्रविधि तथा बहुसाक्षरता सिपहरु (Information Technology and Multi-literacy Skills) (S4)
• आधारभूत साक्षरता (Basic literacy) (S4.1)
• प्राविधिक साक्षरता (Technological literacy) (S4.2)
• दृश्य साक्षरता (Visual literacy) (S4.3)
• सूचना साक्षरता (Information literacy) (S4.4)
• बहुसांस्कृतिक साक्षरता (Multi-cultural literacy) (S4.5)
५. नागरिक सिपहरु (Citizenship Skills) (S5)
• सहनशीलता र खुलापन (Tolerance and openness) (S5.1)
• विविधताको सम्मान र अन्तरसांस्कृतिक बुझाइ (Respect for diversity and intercultural understanding) (S5.2)
• लोकतान्त्रिक, सहभागितात्मक र समतामूलक मूल्य (Democratic, participatory and equitable value) (S5.3)
• वातावरणप्रतिको सजगता र सम्मान (Awareness of and respect for the environment) (S5.4)
• राष्ट्रिय पहिचान र अपनत्वको अनुभूति (National identity and sense of belonging) (S5.5)
• सामाजिक एवम् नागरिक जिम्मेवारी (Social and civic responsibility) (S5.6)
• वैयक्ति क जिम्मेवारी (Personal responsibility) (S5.7)
किन एकीकृत ?
- एक विषयमा सिकेको ज्ञान अर्को विषयमा प्रयोग गर्न ।
- ज्ञान भन्दा सीपमा जोड दिन ।
- खण्डीकृत ज्ञान रोक्न ।
- सहकार्य (Teacher-Teacher, Student-Student, Teacher-Student, Teacher/Student-Community)
- विभिन्न विषयहरुलाई अन्तरसम्बन्धित गर्न ।
Comments
Post a Comment