एकीकृत पाठ्यक्रम कक्षा १-३, २०७६
आधारभूत तह (कक्षा १-३) पाठ्यक्रम: २०७६ तथा एकीकृत पाठ्यक्रम - प्रकाशमणि घिमिरे शिक्षक, श्री सार्वजनिक माध्यमिक विद्यालय, छत्रदेव-५, अर्घाखाँची । आधारभूत तह कक्षा १-३ पाठ्यक्रम: २०७६ - राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले विद्यालय तहको पाठ्यक्रम परिमार्जनको आवश्यकता देखाएको सन्दर्भमा उक्त प्रारूपले प्रस्तुत गरेको पाठ्यक्रमको संरचना तथा आधारभूत सिद्धान्तमा आधारित भई पाठ्यक्रम विकास गरिएको । - यो पाठ्यक्रम राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को मिति २०७५-१२-२२ को निर्णयअनुसार परीक्षणका लागि स्वीकृत भई शैक्षिक सत्र २०७६ मा कक्षा १ मा परीक्षण गरिएको थियो । - यो पाठ्यक्रम शैक्षिक वर्ष २०७७ बाट नेपालका सम्बन्धित सबै विद्यालयहरूमा कार्यान्वयन गर्ने गरी राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले मिति २०७६ माघ २ मा स्वीकृत गरेको हो । एकीकृत: आधारभूत तहअन्तर्गत कक्षा १-३ को पाठ्यक्रमलाई एकीकृत स्वरूपमा व्यवस्थित गर्ने सन्दर्भमा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले पनि दिशानिर्देश गरेको र एकीकृत शिक्षण सिकाइले सिकाइलाई बढी सान्दर्भिक बनाउन सहयोग पुर...
Comments
Post a Comment